खेलकुद

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

काठमाडौं। शेर मल्लको कप्तानीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा विजयी सुरुवात गरेको छ। विरगंजमा भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित दर्ता गरेको हो।

१२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले संघर्षपूर्ण सुरुवात गरेको थियो। ९७ रनमै ६ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो। तर त्यसपछि मिलन बोहरा र कप्तान शेर मल्लले संयमित ब्याटिङ गर्दै सातौँ विकेटका लागि अविजित २५ रनको साझेदारी गरे। उनीहरूको साझेदारीले सुदूरपश्चिमलाई जितसम्म पुर्यायो।

यसअघि बलिङतर्फ हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गरे। उनले एक्लैले ६ विकेट लिएर कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए। जसका कारण कर्णाली ११९ रनमा समेटिएको थियो।

सम्बन्धित समाचार

सिटीले जित्यो काराबाओ कपको उपाधि

सिटीले जित्यो काराबाओ कपको उपाधि

काठमाडौँ। म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ । प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो...

साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं। माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमकाबीच...

दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी२० लिग बेल्जियम खेल्ने

दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी२० लिग बेल्जियम खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् । जेबी...

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन स्थगित गरी जानकारी दिन पत्र पठाएको छ।...