अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ, उनले रोजेको टिमलाई जिताऔंः शेखर गोल्छा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष शेखर गोल्छाले आगामी अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल महासंघका लागि अभूतपूर्व हुने विश्वास व्यक्त गर्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै गोल्छाले श्रेष्ठ एक प्रभावशाली र शाहसी उद्यमी भएको बताउनु भयो । गोल्छाले महासंघमा नेतृत्व परिवर्तनको नयाँ परिपाटी शुरु हुन लागेको सन्दर्भमा अब आउने नेतृत्वलाई बलियो बनाउनु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्षलाई सफल बनाउन उहाँले चाहेको सहयात्रीहरु (टिम) हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अञ्जन जी एकदमै प्रभावशाली व्यक्तित्व हुनुहुन्छ । एउटा डेयरिङ्ग उद्योगी व्यवसायी हुनुहुन्छ । उहाँले नयाँ नयाँ क्षेत्रमा प्रवेश गरेर आफूलाई सफल व्यवसायीको रुपमा प्रस्तुत गर्नुभएको छ। उहाँको कार्यकाल महासंघका लागि अभूतपूर्व हुनेछ । नयाँ सरकार बन्दा प्रधानमन्त्रीले आफूले रोजेका मन्त्रीहरु पाएपछि मात्र कार्यकाल सफल हुन्छ । त्यस्तै, अञ्जन जीलाई सफल अध्यक्ष बनाउन उहाँले चाहनुभएको टिमलाई जिताएर ल्याउन म सबैलाई आग्रह गर्दछु ।’
गोल्छाले लामो समयपछि देशभरका उद्योगी व्यवसायी साथीहरुसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
-
२.
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
-
३.
राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
-
४.
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
-
५.
अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ, उनले रोजेको टिमलाई जिताऔंः शेखर गोल्छा
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
काठमाडौँ। संकटा फुटबल क्लवले राजनीतिक स्वार्थका कारण नेपाली खेलकुदको अविभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली फुटबलमा नै धराशायी...
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।...
एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरु कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था...
पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता भीम आचार्यसँग विशेष अदालतले साढे २ लाख धरौटी...




