नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भारती घिमिरे र साकर आप्टे र अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीले स्वर दिनुभएको छ । त्यस्तै चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठसँगै सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
म्युनिक भिडियोको निर्देशन रञ्जित सिंह गाजमेरले गर्नुभएको छ चलचित्रका लेखक र निर्देशक तुलसी घिमिरे हुनुहुन्छ । कार्यक्रममा बोल्दै घिमिरेले नयाँ पुस्ता र पुरानो पुस्ता एक आपसमा ठोक्किने र नयाँ पुस्ताले नयाँ कुरा सधैँ बोकेर हिँड्ने गरेको बताउनु भयो । पुरानो पुस्ताबाट सिक्न पनि त्यत्तिकै आवश्यक रहेको उहाँले बताउनु भयो । नेपालीहरु पलायन भएर गएकाहरु पहाड नै खोजेर बस्ने गरेको बताउनु भयो । यो पहाडको कथामा यिनै मुख्य कुरालाइ देखाइएको बताउनु भयो । देश बनाउने युवा नै चाहिने र देश बनाउने काम युवाकै भएको बताउनु भयो ।
कार्यक्रमा बोल्दै अभिनेतृ पञ्चमी घिमिरेले पहाडको कथालाई चलचित्रमा देखाइएको बताउनु भयो । पञ्चमीको यो डेब्यु चलचित्र समेत हो ।
चलचित्र नेपाली नयाँ वर्षको दिन देशभर सार्वजनिक हुनेछ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
-
२.
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
-
३.
राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
-
४.
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
-
५.
अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ, उनले रोजेको टिमलाई जिताऔंः शेखर गोल्छा
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...




