खेलकुद

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान डा। साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

‘लामो प्रतिक्षापछि अन्ततस् मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु,’ सावित्राले सामाजिक सञ्जालमा लेखेकी छन् ।

खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले जानकारी दिइन् ।

अब त्यहाँकै डाक्टरको निगरानीमा पुनर्स्थापनाको काम भोलिदेखि सुरू हुने उनले जानकारी दिइन् । स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने उनले जानकारी दिएकी छन् ।

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

काठमाडौं। शेर मल्लको कप्तानीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा विजयी सुरुवात गरेको छ। विरगंजमा भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा...

सिटीले जित्यो काराबाओ कपको उपाधि

सिटीले जित्यो काराबाओ कपको उपाधि

काठमाडौँ। म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ । प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो...