क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार
मध्यपूर्वको असहज परिस्थितिका कारण इन्धनको मूल्य बढिरहेका बेला क्रोएसियाली सरकारले इन्धनको मूल्यमा लगाइएको सीमालाई थप दुई हप्ताका लागि लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले आयोजित सरकारी बैठकमा यसबारे जानकारी दिनुभएको हो । मंगलवारदेखि लागू हुने नयाँ नियमअनुसार साधारण पेट्रोलको मूल्य प्रतिलिटर १.६२ युरो (१.८८ अमेरिकी डलर) पुग्नेछ भने साधारण डिजेलको मूल्य प्रतिलिटर १.७३ युरो (२ डलर) कायम हुनेछ । यस्तै, मुख्यतया कृषि र माछापालन क्षेत्रमा प्रयोग हुने ‘ब्लु डिजेल’को मूल्य बढेर प्रतिलिटर १.१९ युरो (१.३८ डलर) पुग्ने समाचारमा उल्लेख छ।
यदि सरकारले यो कदम नचालेको भए साधारण पेट्रोलको मूल्य १.७१ युरो (१.९८ डलर), डिजेलको १.८६ युरो (२.१६ डलर) र ब्लु डिजेलको मूल्य १.२३ युरो (१.४३ डलर) प्रतिलिटर पुग्ने प्रक्षेपण गरिएको थियो ।
सन् २०२० यता बढ्दो मूल्यवृद्धिको प्रभावबाट सर्वसाधारण र व्यवसायहरूलाई जोगाउन सरकारले ल्याएको यो १० औँ राहत प्याकेज हो। गत फेब्रुअरी महिनामा क्रोएसियाको वार्षिक मुद्रास्फीति दर ३।८ प्रतिशत रहेको थियो । प्रधानमन्त्री प्लेन्कोभिकका अनुसार मध्यपूर्वमा देखिएको तनाव र विश्वव्यापी तेल बजारमा आएको अवरोधका कारण पछिल्ला हप्ताहरूमा ऊर्जाको मूल्य बढेको हो।
सरकारको यस कदमले बढ्दो महँगीको भारलाई कम गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । मूल्य सीमाको यो नियम राजमार्गमा रहेका पेट्रोल पम्पहरूमा भने लागू हुने छैन, जहाँ मूल्यहरू खुला बजारअनुसार नै रहनेछन् । तोकिएको यो नयाँ मूल्य दर आगामी अप्रिल ६ सम्म प्रभावी रहनेछ ।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...




