अन्तर्राष्ट्रिय

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १।६ प्रतिशतले बढेको छ । मार्च २०२२ यता पहिलो पटक यो आँकडा २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार उतारचढाव भइरहने ताजा खाद्यवस्तुको मूल्य बाहेकको मुख्य उपभोक्ता मूल्य सूचकांक जनवरीको २ प्रतिशतको वृद्धिको तुलनामा फेब्रुअरीमा केही सुस्त देखिएको छ । जनवरीमा ५।२ प्रतिशतले घटेको ऊर्जाको लागत फेब्रुअरीमा ९।१ प्रतिशतले घटेको छ । विशेष गरी पेट्रोलको मूल्यमा १४।९ प्रतिशत र बिजुलीको महशुलमा ८ प्रतिशतले गिरावट आएपछि समग्र ऊर्जा लागत घटेको हो ।

ताजा सामग्री बाहेकका खाद्यवस्तुको मूल्य फेब्रुअरीमा ५।७ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ६।२ प्रतिशतको वृद्धिको तुलनामा केही कम हो । यसैबीच, फेब्रुअरीको अन्त्यमा इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणपछि कच्चा तेलको मूल्यमा आएको उछालका कारण आगामी महिनाहरूमा मूल्य वृद्धिको गति पुनः तिब्र हुने आँकलन गरिएको छ ।

सम्बन्धित समाचार

जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध

जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध

मंगलवार एक जापानी अपराधी जबरजस्ती दुतावासभित्र प्रवेश गरेपछि जापानस्थित चिनियाँ दुतावासले जापानी पक्षसमक्ष गम्भीर ध्यानाकर्षण र कडा विरोध जनाउँदै...

इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त

इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त

इजरायलले दक्षिण लेबनानी शहरहरू, आवासीय क्षेत्रहरू र मुख्य पुलहरूलाई निशाना बनाउँदै हवाई आक्रमण जारी राखेको छ । इरान जोडिएको...

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिक सदस्यको इराकमा अन्त्येष्टि

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिक सदस्यको इराकमा अन्त्येष्टि

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ)का सदस्यहरूको मङ्गलवार इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक...

एक वर्षमा अमेरिकी डलरको तुलनामा अफगानी मुद्रा ९.९३ प्रतिशतले बलियो

एक वर्षमा अमेरिकी डलरको तुलनामा अफगानी मुद्रा ९.९३ प्रतिशतले बलियो

अफगानिस्तानको केन्द्रिय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ ९मार्च २०० मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४...