जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
मंगलवार एक जापानी अपराधी जबरजस्ती दुतावासभित्र प्रवेश गरेपछि जापानस्थित चिनियाँ दुतावासले जापानी पक्षसमक्ष गम्भीर ध्यानाकर्षण र कडा विरोध जनाउँदै जापानसँग जिम्मेवारपूर्ण स्पष्टीकरण माग गरेको छ । दुतावासकाअनुसार मंगलवार बिहान जापान आत्मरक्षा बलका बहालवाला अधिकारी भएको दाबी गर्ने एक व्यक्तिले पर्खाल नाघेर जबरजस्ती दुतावासभित्र प्रवेश गरी चिनियाँ कुटनीतिक कर्मचारीहरूको हत्या गर्ने धम्की दिएका थिए । यस घटनाले कुटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिको गम्भीर उल्लंघन गरेको र दुतावासका कर्मचारी एवं परिसरको सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको दुतावासले जनाएको छ ।
यो अत्यन्त गम्भीर प्रकृति र प्रभावको कार्य भएको दुतावासको ठहर छ । यस परिस्थितिद्वारा जापानमा अति–दक्षिणपन्थी विचारधारा र शक्तिहरूको व्यापक विस्तार तथा आत्मरक्षा बलको अनियन्त्रित विस्तारले निम्त्याएको खतरालाई पुनः पुष्टि गरेको छ । जसप्रति अन्तर्राष्ट्रिय समुदायले उच्च शतर्कता अपनाउनुपर्ने देखिन्छ ।
दुतावासले जापानको परराष्ट्र मन्त्रालयसमक्ष गम्भीर ध्यानाकर्षण र कडा विरोध दर्ता गराएको बताउँदै जापानी पक्षलाई तत्काल विस्तृत अनुसन्धान गर्न, संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र चिनियाँ पक्षलाई जिम्मेवारपूर्ण स्पष्टीकरण दिन आग्रह गरेको छ । यसका साथै दूतावासले चिनियाँ कुटनीतिक तथा कन्सुलर कर्मचारी, परिसर र त्यहाँ रहेका चिनियाँ नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न र यस्ता घटनाहरू पुनः दोहोरिन नदिन जापानलाई आह्वान गरेको छ ।
ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त
इजरायलले दक्षिण लेबनानी शहरहरू, आवासीय क्षेत्रहरू र मुख्य पुलहरूलाई निशाना बनाउँदै हवाई आक्रमण जारी राखेको छ । इरान जोडिएको...
अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिक सदस्यको इराकमा अन्त्येष्टि
अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ)का सदस्यहरूको मङ्गलवार इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक...
एक वर्षमा अमेरिकी डलरको तुलनामा अफगानी मुद्रा ९.९३ प्रतिशतले बलियो
अफगानिस्तानको केन्द्रिय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ ९मार्च २०० मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४...
फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो
जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १।६ प्रतिशतले बढेको छ । मार्च २०२२ यता पहिलो पटक...




