करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ । मङ्गलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तारमा प्रवाह भएको करेन्ट लाग्दा गोलेको मृत्यु भएको हो।
वडा नम्बर ११ का वडाध्यक्ष गोपाल न्यासुर लामाका अनुसार सडकमा लत्रिएको बिजुलीको तार पन्छाउने क्रममा गोलेलाई करेन्ट लागेको हो । गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
विद्यालय जाँदै गरेका विद्यार्थीहरूले सडकमा तारमा बेरिएर लडेको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए । त्यसपछि उहाँको उद्धार गरिएको थियो ।
गाउँमा केही दिनदेखि विद्युत् सेवा अवरुद्ध रहेकामा पुनः जडान भएको थाहा नपाएर तार पन्छाउने क्रममा दुर्घटना भएको अनुमान गरिएको वडाध्यक्ष लामाले बताउनुभयो ।
गोले वडा कार्यालयमा बैठकमा सहभागी हुन जाँदै गर्दा उक्त घटना भएको हो । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनदेखि लगातार वडा सदस्यमा निर्वाचित हुँदै आउनुभएको सिथयो ।
ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
नयाँ सरकारले सीमा विवाद समाधान गर्न प्राथमिकता दिनुपर्छः सीमाविद् श्रेष्ठ
काठमाडौँ। वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब बन्ने सरकारले सीमा विवादलाई समाधान गर्न प्राथमिकतामा दिनुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौमा...
प्रतिनिधिसभा : ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले शपथ लिँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...
कस्तो रहला मौसम?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...
गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...




