बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
काठमाडौँ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीका रूपमा शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चयन भएका शाहका लागि दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइत तय गरिएको छ।
शपथग्रहण समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको छ। कार्यक्रमअनुसार ७ जना ब्राह्मणले शंखनाद गर्ने, १०८ जना बटुकले स्वस्तिवाचन गर्ने तथा १०७ जना बौद्ध लामा गुरुहरूले मंगल पाठ गर्ने व्यवस्था मिलाइएको छ।
यस विशेष व्यवस्थासँगै शाहले सोही दिन औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्। नयाँ सरकार गठनको प्रक्रियासँगै हुने यो शपथ समारोहलाई राजनीतिक र सांस्कृतिक दुवै दृष्टिले महत्वपूर्ण मानिएको छ।
ताजा अपडेट
-
१.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
-
२.
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
-
३.
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
-
४.
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
-
५.
उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ
ट्रेन्डिङ
सम्बन्धित समाचार
मलेसियामा चक्कु प्रहारबाट सल्यानका युवकको निधन
सल्यान। वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान...
अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव
दुबई । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो...
ठमेलमा अभद्र व्यवहार गर्ने २० विदेशी महिला पक्राउ
काठमाडौँ। काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...




