Breaking News

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

ढाका । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा डुवेको आशङ्का गरिएको छ। दुर्घटनाको केही समयपछि ११ जना यात्रु मात्र पौडी खेली जीवन जोगाउन सफल भएको उनीहरूले बताएका छन्।

बङ्गलादेशको राजबारी जिल्लाको एक सडकमा बुधबार साँझ ५ः१५ बजे ढाकाका लागि छुटेको यात्रुवाहक बस अनियन्त्रित भई पद्मा नदीमा खस्दा कम्तीमा दुई महिलाको मृत्यु भएको छ भने अन्य धेरै जना पानीमा डुबेको आशङ्का गरिएको छ ।

राजबारीका डेपुटी कमिस्नर तथा जिल्ला प्रशासक सुल्ताना अख्तरले बसमा ४० जना यात्रु सवार रहेको र बुधबार साँझ समाचार तयार पार्दासम्म दुई महिलाको शव पानीबाट निकालिएको छ । डुबेको बस पानीमुनि रहेको अधिकारीहरुले बताएका छन् ।

फायर सर्भिस र सिभिल डिफेन्सका अधिकारी ताल्हा बिन जासिमले नदीमा डुबेका भनिएका यात्रुको खोजी अभियान जारी छ र बसलाई उद्धार गर्न स्थानीय प्रयासलाई सशक्त पारिएको छ ।

उद्धारका लागि डुङ्गाहरू बोलाइएको छ। प्रत्यक्षदर्शीका अनुसार करिब ४० जना यात्रु बोकेर बस राजबारीबाट हिँडेको थियो । रासस

सम्बन्धित समाचार

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...