Breaking News

बालेन प्रधानमन्त्री बन्दै

काठमाडौँ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ। सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए।

बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

सम्बन्धित समाचार

बालेन मन्त्रिपरिषद्मा अर्थमा डा. स्वर्णिम र परराष्ट्रमा शिशिर र कानुनमा सोविता

बालेन मन्त्रिपरिषद्मा अर्थमा डा. स्वर्णिम र परराष्ट्रमा शिशिर र कानुनमा सोविता

काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ । अर्थ मन्त्रीमा डा....

बालेनको पीएसओमा बस्याल

बालेनको पीएसओमा बस्याल

काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा...

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

डोटी। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय...

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका...