इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। साथै, उनले इरानलाई आफ्ना छिमेकी राष्ट्रहरूमाथि आक्रमण रोक्नसमेत आह्वान गरेका छन्।
मध्यपूर्वको पछिल्लो अवस्थाबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव गुटेरेसले मानवीय पीडा गहिरिँदै गएको, सर्वसाधारणको हताहती बढ्दै गएको र विश्वव्यापी आर्थिक प्रभाव विनाशकारी बन्दै गएको भन्दै युद्ध अन्त्य गर्ने यो उपयुक्त समय भएको बताएका हुन्।
सोही अवसरमा राष्ट्र संघका प्रमुखले यस द्वन्द्व र यसका परिणामहरूलाई सम्बोधन गर्ने राष्ट्र संघको प्रयासको नेतृत्व गर्न जिन अर्नाल्टलाई आफ्नो व्यक्तिगत दूतका रूपमा नियुक्त गरेको घोषणासमेत गरेका छन्। लेबनानको युद्धपनि रोकिनुपर्नेमा जोड दिँदै उनले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा आफ्नो सैन्य कारबाही र हवाई हमलाहरू बन्द गर्न आह्वान गरे।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
सम्बन्धित समाचार
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...




