१५ सदस्यीय मन्त्रीमण्डलको टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का सदस्यहरूको अन्तिम टुंगो लाग्ने क्रम जारी छ।
हालसम्म प्राप्त जानकारीअनुसार बालेन मन्त्रिपरिषद्मा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन्। तर यो नाम नै फाइनल हो होइन भन्ने एकिन भएको छैन।
यस्तै स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। परराष्ट्र मन्त्रालय भने शिशिर खनाललाई दिने टुंगो लागेको छ। यस्तै सोविता गौतम कानुनमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री, अमरेशकुमार सिंह उद्योगमन्त्री, प्रतिभा रावल सामान्य प्रशासनमन्त्री, गीता चौधरी कृषिमन्त्री, विक्रम तिमल्सिना सञ्चारमन्त्री, दीपक साह श्रममन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, खडकराज पौडेल पर्यटनमन्त्री, सीता वादी महिला तथा बालबालिकामन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन्।
प्रधानमन्त्री बालेनले दिउँसो १२ः३४ मा शपथ लिने कार्यक्रम छ। त्यस लगत्तै मन्त्रीहरुले शपथग्रहण गर्नेछन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
सम्बन्धित समाचार
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेपछि...
बालेनले लिनुभयो प्रधानमन्त्रीको शपथ
काठमाडौं। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष...
बालेन प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को...
सुदन गुरुङ गृहमन्त्री बन्दै
काठमाडौँ । गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । रास्वपाका स्रोतका अनुसार उनले शुक्रबार...




