Breaking News

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ : कानुनमन्त्री गौतम

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभयो।

राष्ट्रपतिसक्षम शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभयो।

कानुनमन्त्री गौतमले ‘मुलुकी अपराध संहिता, २०७४ जबरजस्ती करणी र जबरजस्ती करणी पश्चात् हुने हत्या जस्तो जघन्य कसूर, यौनजन्य हिंसा, बालबालिकासम्बन्धी कसूरमा संलग्न कसुरदारलाई दण्ड, सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहितालगायतका कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्न पेस भएबमोजिम अध्ययन कार्यदल गठन गरी अध्ययन गराउने र सम्बद्ध कानुनमा संशोधन कार्य अघि बढाउन मनासिव देखी पेस गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो।

“विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानुनहरु, संशोधन गर्नुपर्ने विषयहरुमा सबै अध्ययन गरेर काम गर्छौं,” मन्त्री गौतमले भन्नुभयो, “भर्खर जिम्मेवारी सम्हालेको छु, अध्ययन गरेर काम गर्छौं।”

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट प्रतिनिधित्व गर्नुहुन्छ। विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आउनुभएको छ।

सम्बन्धित समाचार

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री...

बालेन मन्त्रिपरिषद्को पहिलो निर्णय : जेनजी आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

बालेन मन्त्रिपरिषद्को पहिलो निर्णय : जेनजी आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

काठमाडौं। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।...

महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदबाट राजीनामा

महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदबाट राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा...

भ्रष्टाचारीमाथि कठोर निर्णय लिने गृहमन्त्री गुरुङको उद्घोष

भ्रष्टाचारीमाथि कठोर निर्णय लिने गृहमन्त्री गुरुङको उद्घोष

काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा...