बालेन मन्त्रिपरिषद्को पहिलो निर्णय : जेनजी आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने
काठमाडौं। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार अपराह्न बसेको बैठकले जेनजी घाइतेहरूलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।
भदौ २३ र २४ को आन्दोलनका सन्दर्भमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको थियो ।
आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाहीको सिफारिश गरेको छ ।
यसका साथै, सुरक्षा निकायको हकमा अध्ययन गर्न कार्यदल गठन गर्ने, शासकीय सुधारका लागि १०० बुँदा पारित गर्ने र महान्यायाधिवक्ताको सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफ्नो पार्टीको नेतृत्वमाथि धरपकड गर्न खोजे मुलुक पुन: द्वन्द्वमा जाने चेतावनी दिनुभएको...
`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री...
महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदबाट राजीनामा
काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा...
सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ : कानुनमन्त्री गौतम
काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभयो। राष्ट्रपतिसक्षम शपथ...




