प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्।
मधेशको दुई जिल्लामा शुक्रवार भएको खेलमा घरेलु टोली मधेशले लुम्बिनी प्रदेशमाथि २५ रन र सुदूरपश्चिमले कोशी प्रदेशमाथि सात विकेटको जित निकाल्यो। यससँगै जारी प्रधानमन्त्री कपमा तेस्रो खेलबाट मधेश र सुदूरपश्चिमले दोस्रो जित आत्मसात् गर् यो। ब्याटरले संघर्ष गर्नुपरेको दुवै खेलमा न्युन योगफल बन्यो। तर मधेश र सुदूरपश्चिम भने जित निकाल्न सफल रहे। वीरगञ्जमा भएको खेलमा कोशीले १३१ रनको सामान्य लक्ष्य दिएको थियो। तर, सुदूरपश्चिमले १९.५ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
जनकपुरमा भएको अर्को खेलमा मधेशले पनि १२४ रनको लक्ष्य दिएको थियो। तर, लुम्बिनी त्यो लक्ष्य भेट्टाउन असफल भयो। २६औं ओभरमा नै लुम्बिनी ९९ रनमा अलआउट भयो। मधेशको जितमा २२ वर्षे बलर विशाल पटेलले पाँच विकेट लिए। उनी म्यान अफ दी म्याच पनि भए। सुदूरपश्चिमको जितमा पनि मध्यम गतिका बलर हेमन्त धामी निर्णायक साबित भए। उनले चार विकेट लिए। जुन म्यान अफ दी म्याचको हकदार पनि बन्यो।
सामान्य लक्ष्य सुदूरपश्चिमले १९।५ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गरेको हो। सुदूरपश्चिमले छिट्टै दुई विकेट गुमाएको थियो। तर खडक बोहोराले ६६ रनको अर्धशतकीय इनिङको योगदान दिँदै जितको आधार तय गरे। उनले ४५ बलको सामना गर्दै ९ चौका र तीन छक्का प्रहार गरेका थिए। किरन ठगुन्नाले २५ रनमा अविजित रहँदै खडकलाई साथ दिए। ओपनरद्वय अभिषेक पाल १४ रन र प्रकाश पाण्डे ४ रनमै आउट भए। कोशीको बलिङमा विपिन महतोले दुई र ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए।
वीरगञ्जको नारायणी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४३.४ ओभरमा १३० रनमै अलआउट भयो।
मध्य क्रमका ब्याटर शिवांश बजगाईं २५ रन बनाए। यो नै सर्वाधिक ठूलो योगफल रह्यो। सुमन श्रेष्ठ २४, दीपेश कँडेल २० र फिर्दोश अन्सारी १८ रनमा आउट भए। सुदूरपश्चिमको बलिङमा हेमन्तले चार तथा किरण ठगुन्नाले दुई तथा नारायण जोशी र सौर्य श्रेष्ठले समान एक विकेट लिए। हेमन्तले ९ ओभर २६ रन मात्र दिए। तीन खेलबाट सुदूरपश्चिमले चार अंक जोड्दा कोशीको चौथो खेलमा तेस्रो हार हो। मधेशसँगको पहिलो खेल वर्षा कारण प्रभावित हुँदा कोशीले एक अंक पाएको थियो।
झिनो लक्ष्यको रक्षा
स्पिनर विशाल पटेलले पाँच विकेटसँगै उत्कृष्ट किफायती बलिङ गरेपछि मधेशले झिनो लक्ष्य रक्षा गरेको हो। झिनो लक्ष्य पछ्याएको लुम्बिनीले १० रन जोड्दा नै तीन विकेट गुमाइसकेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...




