Breaking News

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।

दुवै नेतालाई भक्तपुरस्थित निवासबाट प्रहरीले शनिबार बिहानै पक्राउ गरेको हो। एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका छन् भने लेखकलाई प्रहरीको २ नं. गण महाराजगञ्जमा राखिएको छ।

कांग्रेसका प्रभावशाली नेता लेखक पक्राउको विरोधमा कांग्रेसले औपचारिक रुपमा एक शब्द पनि बोलेको छैन। नेकपा एमालेले भने सचिवालयको आकस्मिक बैठक राखेर देशब्यापी आन्दोलन घोषणा गरिसकेको छ।

औपचारिक रुपमा पार्टी जिल्ला कमिटीले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएर आन्दोलन सुरु हुने भएपनि जनवर्गीय संगठनहरु सडकमा आइसकेका छन्।

काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन र विरोध भइरहेका छन्। दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा पनि एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्।

तर पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना प्रभावशाली नेता लेखक समातिँदा कांग्रेसले हतारिएर प्रतिक्रिया नदिने भनेको छ। एमालेले भने ओली मात्र होइन लेखक पक्राउकोसमेत विरोध गर्दै तत्काल रिहाइ गर्न माग गरेको छ।

‘हाम्रो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज विहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भत्सर्ना र विरोध गर्दछ।’ सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले भन्नुभयो,` उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्म विपरीत रहेको ठहरसहित उहाँहरुलाई अविलम्ब रिहा गर्न माग गर्दछौं।’

सम्बन्धित समाचार

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...

ओली टिचिङ अस्पतालमा भर्ना

ओली टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...

औपचारिकरूपमै सडक संघर्षमा एमाले

औपचारिकरूपमै सडक संघर्षमा एमाले

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...