एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते हुनुभएको छ।
माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको छ । आफूसहितका प्रदर्शनकारीमाथि प्रहरीले लाठी बर्साएको रामेश्वर फुयालले बताउनुभयो ।
सँगै रहेका काठमाडौं महानगर –१ बस्ने युवराज ओलीको टाउकोमा नै लाठी लागेको उहाँले जानकारी दिनुभयो। लाठी लागेपछि उहाँलाई नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको रामेश्वर फुयालले जानकारी दिनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा
काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...
माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...
औपचारिकरूपमै सडक संघर्षमा एमाले
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...




