Breaking News

सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने

काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको छ । कार्कीको सुरक्षाका लागि भन्दै उहाँलाई सेनाको ब्यारेकमा राख्ने तयारी थालिएको हो ।

हाल भक्तपुरको गुण्डुमा रहेको कार्की निवास आसपास सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबार बोलाएर छलफल गर्नुभएको छ।

यसअघि शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ओली पक्राउ परेपछि कम्युनिस्ट पार्टी एमालेले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कानुनी प्रक्रियाको पालना गर्दै गतिविधि अघि बढाउन सरकारलाई खबरदारी गरेको छ । काठमाडौं। नेकपा...

देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने

देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी...

भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस

भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न...

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...