संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका निष्कर्षहरू सार्वजनिक गर्न आग्रह गर्नुभएको छ । उहाँले ‘भयानक क्षतिको न्याय हुनुपर्ने’ कुरामा जोड दिनुभयो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१ औं सत्रमा आयोजित एक जरुरी बहसमा भिडियो सन्देशमार्फत टर्कले प्राथमिक विद्यालयमा भएको बमबारीले ‘भयानक त्रास’ पैदा गरेको बताउनुभयो ।
मिनाबको शजरेह तय्येबेह प्राथमिक विद्यालयमा भएको बमबारीले गहिरो त्रास जगाएको छ । बमबारी गरिएका कक्षाकोठाहरू र शोकमा डुबेका अभिभावकहरूको तस्विरले युद्धको सबैभन्दा ठूलो मूल्य कसले चुकाउँछ भन्ने स्पष्ट पारेको छ। देशहरूबीच जस्तोसुकै मतभेद भएपनि, विद्यालयका बालबालिकाहरूलाई मारेर ती समस्या समाधान हुँदैनन् भन्ने कुरामा आफूहरु सहमत हुनसक्ने बताउनुभयो ।
इरानमा द्वन्द्व अघि बढ्दै जाँदा, अमेरिकी र इजरायली आक्रमणहरूले बढ्दो रूपमा घना बस्ती भएका आवासीय क्षेत्रहरूमा प्रहार गरेका छन् । नागरिक पूर्वाधारहरू नष्ट गरेका छन् । परमाणु सुविधाहरूलाई निशाना बनाउनु बुझ्न नसकिने हदसम्म लापरबाही हो । मध्यपूर्व र खाडी क्षेत्रमा सैन्य तनाव खतरनाक स्तरमा पुगिरहेको छ । यो अन्त्य हुनुपर्छ । प्रत्यक्ष रूपमा संलग्न देशहरूमा थप संक्रमण र नागरिक पीडा बढ्ने उच्च जोखिम छ ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
-
३.
क्रोएसियामा भीषण आँधी
-
४.
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
-
५.
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
-
६.
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...
क्रोएसियामा भीषण आँधी
बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...




