Breaking News

ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग

काठमाडौं। शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेका छन् । जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुगेका सरकारी वकिलले दुवैजनालाई कम्तीमा १० दिन म्याद थप गरेर मुद्दा अघि बढाउन माग गरेका हुन् । उता लेखक र ओली पक्षका वकिलहरूले भने उनीहरूलाई थुनामा नराख्न न्यायाधीशसमक्ष माग गरेका छन् ।

शनिबार भक्तपुरको कटुन्जेबाट पक्राउ परेका लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको छ। उता भक्तपुरको गुन्डुस्थित निवासबाटै समातिएका पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा समस्या भएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

उनलाई भर्चुअल माध्यमबाटै अदालतमा पेश गरिएको छ। अहिले यी दुईजनालाई म्याद लिनेबारे जिल्ला अदालतमा बहस भइरहेको छ।

सम्बन्धित समाचार

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं। नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेनजी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

दीपक खड्का पक्राउ

दीपक खड्का पक्राउ

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ पर्नुभएको छ। उहाँलाई पक्राउ गर्न प्रहरीले जारी गरेको...

यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची

यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...