सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको छ। गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट नौ अर्ब ९४ करोड रुपैयाँ बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने ५६ अर्ब ५४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताउनुभयो। चालु आवको सात महिनामा ३५ अर्ब ५८ करोड रुपैयाँ मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ ।
चार अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जस निर्यात भएको छ । चार अर्ब ५८ करोड रुपैयाँ मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।
तीन अर्ब ७७ करोड रुपैयाँ मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने दुई अर्ब ३३ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ । एक अर्ब ५८ करोड रुपैयाँ मूल्य पर्ने सिन्थेटिक थार्न निर्यात भएको छ ।
चालु आवको पाँच महिनामा पाँच खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५८ अर्ब ९१ करोड रुपैयाँ अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ ।
गत आवको सात महिनामा भने पाँच अर्ब ३६ करोड ५५ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
३.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
४.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
५.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
-
६.
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...




