Breaking News

विभिन्न तहमा भर्नासम्बन्धी परीक्षा र ब्रिज कोर्ष बन्द गर्ने सरकारको निर्णय

काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको छन्। आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले १ वैशाख २०८३ देखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका हुन्।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गरेर निर्णय बारे जानकारी गराएका छन् । विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएका कार्यक्रमहरु बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता कार्यक्रमहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउनेसम्बन्धी जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ ।

‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरुले प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा कार्यक्रम सञ्चालन गर्दै आएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समातामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने देखिन्छ ।’

 

सम्बन्धित समाचार

महेश बस्नेत खोज्न प्रहरी परिचालन

महेश बस्नेत खोज्न प्रहरी परिचालन

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी...

माइतीघरमा एमाले-प्रहरी हानाहान

माइतीघरमा एमाले-प्रहरी हानाहान

काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य...