लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा पक्राउ
काठमाडौँ। घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो।
एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेपछि यो विषय चर्चामा आएको थियो।
प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधान संशोधन बहसपत्र बनाउन कार्यदल बन्ने
काठमाडौँ। सरकारले दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधारका लागि कार्यदल गठन गर्ने भएको छ । सो कार्यदलले ‘संविधान संशोधन बहसपत्र’...
आईपीएल : केकेआरविरुद्ध मुम्बईको जित
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले हराउँदै १४ वर्षदेखि...
विभिन्न तहमा भर्नासम्बन्धी परीक्षा र ब्रिज कोर्ष बन्द गर्ने सरकारको निर्णय
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द...
महेश बस्नेत खोज्न प्रहरी परिचालन
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी...




