नीलमको उपन्यास ‘राजमाता’ सार्वजनिक
काठमाडौँ। उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ । फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आज नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो ।
संस्कृतिविद् प्रा डा वीणा पौडेलले उहाँको उपन्यासमाथि समीक्षा गर्नुभएको थियो । उहाँका अनुसार साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेका छन् । जसमा कार्कीले लेखेको यो उपन्यासले इतिहासको एक हिस्सालाई दस्तावेज गरेको उहाँको बुझाइ छ।
दसौँ शताब्दीयताको एउटा सांस्कृतिक रहनसहनबारे प्रतिबिम्ब झल्किने उपन्यास राजमाताले त्यस कालखण्डको धेरै नालीबेली समेटेको पौडेलले टिप्पणी गर्नुभयो ।
कार्कीको सन् २०१९ देखि राजमाता उपन्यास लेख्न थाल्नुभएको भए पनि बीचमा कोरोना महामारीले उपन्यास थन्किएको बताउनुभयो । लेख्दा लेख्दै मरिने हो कि रु जस्ता भावनाहरुले उहाँलाई त्यतिबेला अल्झाएको क्षण सम्झँदै अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मनमा अनेक विचलन आउँथे तर, उपन्यास लेखेरै छाडे ढिलै भए पनि ।”
उपन्यास सार्वजनिक गरेपछि लेखक सोभित सिम्खडाले लेखक कार्कीसँग राजमाताको विषयमा अन्तरक्रियात्मक संवादसमेत गर्नुभएको थियो । रासस
ताजा अपडेट
-
१.
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
-
२.
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
-
३.
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
-
४.
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
-
५.
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...
लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको...
टीकापुर साहित्य महोत्सव चैत १३ देखि
टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३...




