महेश बस्नेतलाई पक्राउ गर्न दिएन अदालतले अनुमति
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फर्काइदिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउ गर्नका लागि अनुमति माग गर्दै मिसिल पेस गरेकोमा काठमाडाैँ जिल्ला अदालतबाट अनुमति प्राप्त नभएको एसएसपी रमेश थापाले बताउनुभयो।
धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेन्चमा मिसिल पेस हुँदा अनुमति नदिइएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
असिम साहको नेतृत्वमा संविधान संशोधन कार्यदल
काठमाडौँ। सरकारले संविधान संशोधनको लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ । कार्यदलमा...
रमेश लेखकको मुद्दामा कारण देखाउ आदेश
काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
मेची राजमार्गमा पुनः पहिरो खस्दा सडक अवरुद्ध
झापा । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अबरुद्ध भएको...
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
इस्लामाबादमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरूले अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई पूर्ण...




