निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा
काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानून नै सबैभन्दा महत्वपूर्ण हुने बताउनुभएको छ ।
निर्माण व्यवसायी महासंघको चुनावी सरगर्मीका बीच आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य र व्यवसायीबीच हुने सम्झौता ‘विन–विन’ (दुवै पक्षलाई फाइदा हुने) अवस्थामा हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले इजरायल र इरानबीचको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेक्का लिइसकेका व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको उल्लेख गर्दै यसलाई सम्बोधन गर्न कानून नै परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले आफू पनि निर्माण व्यवसायीकै पृष्ठभूमिबाट राजनीतिमा आएको स्मरण गर्दै महासंघमा आफूले सह–कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा काम गरिसकेको बताउनु भयो । उहाँले निर्माण व्यवसाय इन्जिनियरिङ, प्रविधि र विज्ञानसँग जोडिएको विषय भएकोले यसलाई बुझ्ने प्राविधिक र सक्षम नेतृत्व आवश्यक रहेको बताउनु भयो । आफू वागमती प्रदेशको आर्थिक मामिला मन्त्री र मुख्यमन्त्री हुँदा निर्माण व्यवसायीको मर्का बुझेर काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
सम्बोधनका क्रममा नेता लामाले भन्नुभयो, ‘हामीले जतिसुकै कुरा गरे पनि पहिलो कडी भनेको कानून हो । राज्यले निर्माण व्यवसायीसँग गर्ने सम्झौता व्यावहारिक हुनुपर्छ । तर अहिलेको सन्दर्भमा व्यवसायीहरू धेरै मर्कामा परेका छन् । मैले मुख्यमन्त्री र अर्थमन्त्री हुँदा कुनैपनि निर्माण व्यवसायीको भुक्तानी बाँकी नराखी ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको इतिहास छ । भौतिक पूर्वाधार, खानेपानी र सिँचाइका क्षेत्रमा रोकिएका पुराना भुक्तानीहरू फस्र्योट गरेर व्यवसायीहरूलाई राहत दिएको थिएँ ।’
सरकारले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गर्दै उहाँले व्यवसायीहरू आफैँ सक्षम र एकतावद्ध हुनुपर्ने बताउनु भयो । व्यवसायीहरूले कोषमा जम्मा गरेको रकमलाई उनीहरूकै क्षमता अभिवृद्धि र प्रविधि भित्र्याउन उपयोग गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले सम्पूर्ण निर्माण व्यवसायीहरूलाई आगामी अधिवेशनमा एकतावद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल
नोटः यो कार्यक्रम सोमवार अबेर सकिएकाले आजमात्रै समाचार बनाइ पठाएका छौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
१.
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
-
२.
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
-
३.
निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
-
४.
निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा
-
५.
काठमाडौँका पूर्वसीडीओ रिजाल पक्राउ
ट्रेन्डिङ
सम्बन्धित समाचार
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा १३ वर्षीय एक विद्यार्थीको मृत्यु भएको छ । अन्य आठ...
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
उत्तर–पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा एउटा भवन आंशिक रूपमा भत्किँदा सात जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त...
निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हकहितका लागि ऐन कानूनमा आवश्यक संशोधन र प्राप्त उपलब्धिहरूलाई...
काठमाडौँका पूर्वसीडीओ रिजाल पक्राउ
काठमाडौँ। काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल पक्राउ परेका छन्। उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको...




