अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा १३ वर्षीय एक विद्यार्थीको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन् । यो घटना सान क्रिस्टोबाल शहरको एक विद्यालयमा स्थानीय समय अनुसार बिहान ७ बजेतिर भएको हो ।
एक १५ वर्षीय विद्यार्थीले शटगन बाट गोली चलाउँदा १३ वर्षीय अर्का विद्यार्थीको मृत्यु भएको थियो । स्थानीय सञ्चारमाध्यमकाअनुसार विद्यालयको प्राङ्गणमा विद्यार्थीहरू झण्डोत्तोलन समारोहका लागि भेला भइरहेका बेला उक्त गोलीकाण्ड भएको थियो । सोही क्रममा विद्यालयका एक कर्मचारीले आक्रमणकारीलाई नियन्त्रणमा लिई हतियार कब्जामा लिएका थिए ।
घाइते भएका आठै जना अहिले खतरामुक्त रहेको बताइएको छ । सान्ता फे प्रान्तका अधिकारीहरूले घटनाको बारेमा विस्तृत अनुसन्धान शुरु गरेका छन् ।
ताजा अपडेट
-
१.
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
-
२.
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
-
३.
निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
-
४.
निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा
-
५.
काठमाडौँका पूर्वसीडीओ रिजाल पक्राउ
ट्रेन्डिङ
सम्बन्धित समाचार
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
उत्तर–पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा एउटा भवन आंशिक रूपमा भत्किँदा सात जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त...
निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हकहितका लागि ऐन कानूनमा आवश्यक संशोधन र प्राप्त उपलब्धिहरूलाई...
निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा
काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानून...
काठमाडौँका पूर्वसीडीओ रिजाल पक्राउ
काठमाडौँ। काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल पक्राउ परेका छन्। उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको...




