Breaking News

निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष एवं आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकालले निजी क्षेत्रको एजेण्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

महासंघको ६० औं वार्षिक साधारण सभाको सन्दर्भमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले वर्तमान नेतृत्वको सफलताको स्वामित्व लिँदै आगामी कार्यकालमा थप चुनौतीहरूको सामना गर्न आफू तयार रहेको बताउनुभएको हो। ढकालले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल ऐतिहासिक रूपमा सफल रहेको बताउनु भयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन र त्यसले दिएका सुझावहरू कार्यान्वयनको चरणमा रहेको बताउँदै ढकालले वर्तमान सरकार निजी क्षेत्रका एजेण्डाप्रति सकारात्मक रहेको उल्लेख गर्नुभयो।

ढकालले आफूसँगै चुनावी मैदानमा रहेका वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेश दास, जिल्ला नगरका उम्मेदवार उमेश डालमिया, कल्पना गैह्रे र एसोसिएटका उम्मेदवारहरूको प्रशंसा गर्दै उनीहरूलाई विजयी गराउन आग्रह गर्नुभयो। उहाँले महासंघभित्र गुटबन्दी भन्दा पनि एउटै टिम बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘अध्यक्षज्युले शुरुमा प्रतिवद्धता गरेअनुसार अख्तियारको क्षेत्राधिकार निजी क्षेत्रमा प्रवेश रोक्ने, लगानी सम्मेलन गर्ने, कानून संशोधन र सीआईपी अवार्ड पुनः शुरु गर्ने जस्ता महत्वपूर्ण कामहरू भएका छन्। प्रतिकूल आर्थिक अवस्था र कोभिडपछिको मन्दीका बाबजुद पनि पीएसपीपी जस्ता रणनीतिक योजनाहरू सरकारबाट पास गराउन सफल हुनु हाम्रो टिमको ठूलो उपलब्धि हो । अर्थमन्त्रीज्युले आन्तरिक राजश्व अनुसन्धान विभाग खारेज गर्ने र पुराना १५ वटा कानुन खारेज गर्ने जुन आँट देखाउनुभएको छ, यसले व्यवसायीहरूमा उत्साह जगाएको छ । अबको कार्यकालमा निजी क्षेत्रका एजेण्डाहरू सरकारको मेनिफेस्टोमा समेत परिसकेकाले काम गर्न केही सहज हुने अपेक्षा छ । बजार चलायमान छैन, युवाहरू विदेश पलायन भइरहेका छन् । हामीले नेपालमै गरी खाने वातावरण बनाउनु छ । जलस्रोत, पर्यटन, उद्योग र कृषिलाई तिब्र गतिमा विकास गरेर रोजगारी सिर्जना गर्नु नै हाम्रो मुख्य एजेन्डा हो।’

मुलुकको वर्तमान आर्थिक संकुचन र युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै ढकालले अबको नेतृत्वको मुख्य लक्ष्य ‘डबल डिजिट’को आर्थिक वृद्धि हुनुपर्ने बताउनु भयो। विगत तीन वर्षमा महासंघले दिएको हरेक जिम्मेवारीमा अहोरात्र खटिएको स्मरण गर्दै ढकालले आफ्नो अनुभव र प्रतिवद्धतालाई हेरेर सहयोग गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई अपिल गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते

अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते

अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा १३ वर्षीय एक विद्यार्थीको मृत्यु भएको छ । अन्य आठ...

उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु

उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु

उत्तर–पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा एउटा भवन आंशिक रूपमा भत्किँदा सात जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त...

निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड

निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हकहितका लागि ऐन कानूनमा आवश्यक संशोधन र प्राप्त उपलब्धिहरूलाई...

निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा

निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा

काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानून...