Breaking News

किन प्रहरीले पक्राउ गर्यो रेड फोर्स अध्यक्षलाई?

काठमाडौं।  जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई ४ घन्टा सोधपुछ गरेर प्रहरीले छाडेको छ । सरकार विरोधी स्ट्याट्स लेखेको भन्दै आफूलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्‍याएको तिमिल्सिनाले बताउनुभयो।

‘म अनामनगरमा थिएँ,  केही व्यक्तिहरू आएर हामी पनि कम्युनिष्ट विचारधारा राख्छौं, तपाईंको अन्तरर्वार्ता लिनुछ भन्दै आए,’ उहाँले भन्नुभयो, ‘मैले म बोल्दिन भनेँ तर उनीहरूले जबर्जस्ती गरेर गाडीमा हाले । अपरहरण शैलीमा घिसार्दै गाडीमा हालेपछि मैले प्रतिवाद पनि गरेँ ।’

गाडीमा बसेपछि बल्ल उनीहरूले आफूहरू प्रहरी भएको भन्दै सोधपुछका लागि प्रहरी कार्यालय लान लागिएको बताएको बताउनुभयो।

‘तर मैले सरकारविरुद्ध अभिव्यक्ति पनि दिएको थिइनँ, मैले नेपालमा बसेर फ्रि–तिब्बतको नारा लगाउन मिल्दैन, नेपालमा सरकारलाई तिब्बतले बधाई दिइरहेको छ, चीन रिसाउन सक्छ भन्दै व्यवहारिक तर्क गरेको थिएँ,’ तिमिल्सिनाले थप्नुभयो, ‘प्रहरीमा लगेर मलाई सरकारविरुद्ध नबोल्ने भन्ने कुरामा लिखित हस्ताक्षर गराएर २ बजे छाडियो ।’

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले चाहिँ तिमिल्सिनालाई सोधपुछका लागि बोलाएको बताउनुभयो।

‘उहाँले आफ्नो डिजिटल प्लेटफर्मबाट २ देशको सम्बन्ध खलल पार्ने खालको अप्रमाणित सूचना व्यक्त गर्नुभएको थियो,’ उहाँले बताउनुभयो, ‘चीन-नेपाल नाकाबन्दीको कुरा उल्लेख गर्नुभएको थियो, २ देशको सम्बन्ध खलल पुग्ने कुरा थियो । त्यसैले उहाँको धारणा के रहेछ भनेर बोलाएर सोधपुछ गरेका हौं ।’ कागज गराएर उनलाई छाडिसकिएको समेत उहाँले बताउनुभयो।

सम्बन्धित समाचार

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ । बालेन सरकारले सार्वजनिक...

सरकारलाई राम्रो काममा साथ दिन्छौ : प्रचण्ड

सरकारलाई राम्रो काममा साथ दिन्छौ : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काममा सरकारलाई सहयोग हुने बताउनुभएको छ। मंगलवार काठमाडौँमा...

ओली पक्राउविरुद्ध देशव्यापि प्रदर्शन

ओली पक्राउविरुद्ध देशव्यापि प्रदर्शन

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। मंगलबार बसेको पार्टीको...

खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह

खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नवगठित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न देखाएको...