Breaking News

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ ।

बालेन सरकारले सार्वजनिक गरेको प्रशासनिक सुधार कार्यसूचीलाई लिएर ट्रान्सपरेन्सीले प्रशंसा गरेको हो ।

“जनताको सुशासनको चाहनाअनुरूप, प्रतिनिधिसभाको करिब दुईतिहाइ बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र मागअनुरूप हुनुका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषय अधिकांश रूपमा समावेश भएको ठहर गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल प्रशंसा गर्दछ,” मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समयसीमासहितको बृहत् कार्यसूची पारित गर्नुले वर्तमान सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको दाबी ट्रान्परेन्सीले गरेको छ ।

“बृहत् कार्यसूचीमा उल्लेखित कार्यहरूको कार्यान्वयनको सुरुवात भइसक्नु सराहनीय छ । तोकिएको समयसीमाभित्र सबै कार्य सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वास लिएका छौँ । सुशासन प्रवर्द्धनको कार्यमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल प्रतिवद्ध छ,” विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

रिहा भए छवि रिजाल

रिहा भए छवि रिजाल

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश दिएकाे छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई...

सरकारलाई राम्रो काममा साथ दिन्छौ : प्रचण्ड

सरकारलाई राम्रो काममा साथ दिन्छौ : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काममा सरकारलाई सहयोग हुने बताउनुभएको छ। मंगलवार काठमाडौँमा...

ओली पक्राउविरुद्ध देशव्यापि प्रदर्शन

ओली पक्राउविरुद्ध देशव्यापि प्रदर्शन

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। मंगलबार बसेको पार्टीको...

किन प्रहरीले पक्राउ गर्यो रेड फोर्स अध्यक्षलाई?

किन प्रहरीले पक्राउ गर्यो रेड फोर्स अध्यक्षलाई?

काठमाडौं।  जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई ४ घन्टा सोधपुछ गरेर प्रहरीले छाडेको छ । सरकार विरोधी स्ट्याट्स लेखेको...