इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दाबी गरे।
“हामी दुई वा तीन हप्तामा त्यहाँबाट निस्कनेछौँ। इरानसँग सम्झौता हुनु वा नहुनुले अब खासै अर्थ राख्दैन,” ट्रम्पले भने। उनले इरानी शासनले आगामी कैयौँ वर्षसम्म परमाणु हतियार बनाउन नसक्ने कुरामा अमेरिका निश्चित भएपछि सेना पूर्ण रूपमा फर्कने प्रस्ट पारे।
यसैबीच, ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई समेत कडा चेतावनी दिँदै हर्मुज बाट तेल आपूर्तिका लागि आफैँ लड्न सुझाव दिएका छन्। बेलायत लगायतका देशप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “आफ्नो तेल आफैँ लिन जानुहोस्। अब अमेरिका तपाईंहरूको सहयोगका लागि त्यहाँ हुने छैन। तपाईंहरू पनि हाम्रा लागि हुनुहुन्नथ्यो, अब आफैँ लड्न सिक्नुहोस्।”
अमेरिकी रक्षा सचिव पिट हेगसेथले उक्त मुख्य व्यापारिक मार्गमा जहाजको चहलपहल बढिरहेको बताए पनि कूटनीतिक विश्लेषकहरूले भने हर्मुजमा इरानको पकडलाई चुनौती दिन अझै कोही तयार नभएको उल्लेख गरेका छन्। ट्रम्पको यो पछिल्लो घोषणाले मध्यपूर्वको सुरक्षा राजनीतिमा नयाँ हलचल ल्याउने देखिएको छ।
ताजा अपडेट
-
१.
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
-
२.
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
-
३.
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
-
४.
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
-
५.
कस्तो रहला आजको मौसम?
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
काठमाडौँ। प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित संघीय संसद सचिवालयले...
मुगुमा ४.० म्याग्निच्युडको भूकम्प
काठमाडौँ। मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...
ओली-लेखक पक्राउमा विधि मिचियो : बद्री पाण्डे
काठमाडौँ। नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको...
रिहा भए छवि रिजाल
काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश दिएकाे छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई...




