‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटघाटमा उहाँले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी स्वायत्त बनाउनुपर्ने प्रश्ताव अघि सार्नुभएको हो । सांसद लामिछानेले मानिसको जन्मदेखि नै खेलकुदका क्रियाकलाप शुरु हुने भन्दै शिक्षाभन्दा खेलकुदलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । खेलकुद मन्त्रालयलाई छुट्टै अस्तित्वमा ल्याउन आफूले प्रधानमन्त्री र पार्टी सभापतिसँग विशेष पहल गर्ने उहाँले प्रतिवद्धता समेत जनाउनु भयो ।
आफ्नो अध्ययनका क्रममा दक्षिण कोरियाको अनुभव सुनाउँदै लामिछानेले नेपालमा सरकारी स्तरको स्वायत्त खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । सातदोबाटोमा रहेको नेपाल खेल विज्ञान प्रतिष्ठानलाई अझ बढी वैज्ञानिक र अनुसन्धानमुखी बनाउनुपर्ने उहाँको भनाइ छ । खेलकुदलाई केवल मनोरञ्जनको रूपमा मात्र नहेरी यसलाई वैज्ञानिक पद्धतिबाट अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मानिसले जन्मिएपछि पहिला खेलकुदका क्रियाकलाप गर्छ, त्यसपछि मात्र औपचारिक शिक्षा लिन्छ । त्यसैले शिक्षापछि खेलकुद होइन, खेलकुदपछि शिक्षा हुनुपर्छ । मैले दक्षिण कोरियाको योङ्गीन विश्वविद्यालयमा पीएचडी गर्दा देखेँ, एउटै विश्वविद्यालयले एशियाली खेलकुदमा २८ वटा पदक जित्दा मेरो देशको नाममा एउटा मात्र पदक थियो । जबसम्म हामी छुट्टै खेलकुद विश्वविद्यालय बनाउन सक्दैनौँ, तबसम्म खेलकुदको विकासले गति लिन सक्दैन ।’
राजनीतिमा होमिएपछि खेलकुद क्षेत्रसँग केही समय ग्याप भएपनि आफ्नो मन सधैँ खेलकुदमै रहेको बताउँदै उहाँले खेलाडीहरूको प्रदर्शन गर्ने कुरामा राज्यले कुनै कसर बाँकी राख्न नहुने बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग मिलेर आगामी दिनमा खेलकुदको स्तर उकास्न आफू निरन्तर लागिपर्ने उहाँले विश्वास दिलाउनु भयो । लामो समय खेलकुद विज्ञ र सहकर्मीको रूपमा काम गर्नुभएका लामिछानेले खेलकुद ओझेलमा पर्ने डर सधैँ रहने गरेको भन्दै यस क्षेत्रको उत्थानका लागि सबै खेलकर्मीहरू एकजुट हुनुपर्ने आह्वान समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
-
२.
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
-
३.
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
-
४.
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
-
५.
कस्तो रहला आजको मौसम?
ट्रेन्डिङ
सम्बन्धित समाचार
आईपीएल : केकेआरविरुद्ध मुम्बईको जित
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले हराउँदै १४ वर्षदेखि...
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...




