पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ
पोखरा। पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर ट्रान्स पार्टी गरिरहेको बेलामा प्रहरीले मंगलवार राती छापा मारेर नियन्त्रणमा लिएको हो । पार्टीमा लागुऔषध प्रयोग र विक्री भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार नियन्त्रणमा लिएकामध्ये ८ जनासँग लागुऔषध फेला परेको छ । एक जना ईजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिकसँग लागुऔषध फेला परेको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको र सोहीअनुसार मुद्दा चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताउनु भयो । बाँकी रहेकाहरुको हकमा भने विगतको अपराधिक पृष्ठभुुमी खोजिरहेको र सोहीअनुसार कारवाही प्रक्रिया अगाडी बढाउने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘पोखरा १८ सेदीभन्दा माथी एकान्त स्थानमा एउटा घर रहेछ, त्यहाँ ट्रान्सपाटी लागुऔषध, मादकपदार्थसहितको पार्टी गर्दैछन्, नेपाली र विदेशी मिलेर भन्ने सूचना प्राप्त भयो । त्यसपश्चात बैदाम प्रहरी कार्यलयका डिएसपी नवराज भट्टराईको नेतृत्वमा प्रहरी टोली गएर घेरा हाल्यौँ । त्यहाँ पार्टी गर्दै गरेको अवस्थामा मान्छेहरु फेला परे, उनीहरुको खानतलासी गर्ने क्रममा ८ जनासंगबाट विभिन्न प्रकारका लागुऔषध बरामद भयो । धेरै जना मापसे सेवन गरेको पनि भेटिएको थियो । हामीले अनुसन्धान गर्नको लागि ३८ जनालाई नियन्त्रणमा लिएर बैदाम प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । लागुऔषध भेटिएकाहरुलाई लागुककऔषधसम्बन्धी नै अनुसन्धान हुन्छ र मुद्दा दर्ता हुन्छ । बाँकी अन्यको पनि हामी स्क्रिनिङ गर्दैछौँ, विगतको अपराधिक पृष्ठभुमीको बारेमा । जसको केही देखिँदैन, उहाँहरु छुट्नुहुन्छ । जोजो मुद्दा चल्नलाई प्रमाण पुग्छ, उहाँहरुलाई भने मुद्दा चल्छ । लागुऔषधसहित भेटिएकोमा एक जना ईजरायली, दुई जना भारतीय छन् । आठ जनामा बाँकी पाँच जना नेपाली छन् ।’
प्रहरी उपरीक्षक कार्कीकाअनुसार घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद गरिएको छ । बरामद सामग्रीमा एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ ९एम्फेटामिनजस्तो पदार्थ०, गाँजा, ‘म्याजिक मसरुम’ तथा एलएसडी रहेका छन् । उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेका थिए । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट...
मन्त्री आवास प्रबन्धमा समस्या
काठमाडौँ। नयाँ सरकारका मन्त्रीका लागि तत्काल आवास प्रबन्धमा समस्या हुने देखिएको छ । ‘जेनजी’ समूहको नाममा गत भदौ २४ गते...
राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक
काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तापक्षको उपस्थिति नहुँदा सत्तापक्षको नेतालगायतका पदाधिकारीको हैसियत प्रदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी...
काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ
काठमाडौँ। काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने र सेवा ग्राहीहरूलाई...




