Breaking News

बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ ।

जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ । सोहीअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन तयार पारेको हो । बजेट मार्गदशन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकिएको अर्थमन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताउनु भयो । उहाँकाअनुसार आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट मार्गदशनमा खासगरी बजेटले लिने प्राथमिकता समेटिएको छ ।

आगामी वर्षको बजेट खासगरी आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता दिर्दै जेठ १५ मै ल्याउनका लागि लेखनको तयारी थालिएको सहसचिव पाण्डेले बताउनु भयो ।

उहाँका अनुसार अनुशासित र खर्च मितव्ययितालाई बजेटले जोड दिनका लागि सम्बन्धित सबै मन्त्रालयहरूलाई सतर्क र संवेदनशील हुन अर्थ मन्त्रालयले भनिसकेको छ । मन्त्रालयहरूले आयोजनाहरूमा बजेट प्रश्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजनाहरू र प्रोजेक्ट बैंकहरूमा सूचीकृत भइसकेका आयोजनाहरूलाई मात्र बजेट प्रस्ताव गर्नुपर्ने गरी मार्गदर्शन मन्त्रालयहरूलाई पठाइसकिएको सहसचिव पाण्डेयले बताउनु भयो ।
सहसचिव पाण्डेयले भन्नुभयो–‘बजेट तयारीका लागि बजेट तर्जुमा मार्गदशन तयार गरेका छौँ । आगामी आ।व।को बजेटले लिने प्राथमिकताका विषयवस्तु केके हुन् रु भन्ने सन्दर्भमा मार्गदशन तयार पारिएको हो । आगामी बर्षको बजेट खासगरी आर्थिक अनुशासन र खर्च मितव्ययीता होस् भन्ने अर्थ मन्त्रालय चाहन्छ । त्यसका लागि मन्त्रालयहरु शर्तक र संवेदनशील हुन जरुरी छ । मन्त्रायलहरुले आयोजनाहरुमा बजेट प्रश्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजनाहरु र प्रोजेक्ट बैंकहरुमा सूचीकृत भइसकेका आयोजनाहरुलाई बजेट प्रश्ताव गर्नु भनेर त्यो किसिमको मार्गदशन मन्त्रालयहरुलाई पठाएका छौँ । स्रोत अनुमान समितिले विभिन्न विश्लेषण गरेर स्रोत अनुमानको प्रतिवेदन पेश गरिसकेको छ । खासगरी राजश्व, वैदेशिक सहयोगको आकलन गरी स्रोत निर्धारण हुन्छ । मन्त्रालयहरुलाई सिलिङहरु पठाइसकिएको छ । गत वर्ष भन्दा कम नै प्रश्ताव गरेका छाँै ।’

अर्थ मन्त्रालयलकाअनुसार योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ पठाइसकेको छ । स्रोत अनुमान समितिले विभिन्न विश्लेषण गरी स्रोत अनुमान प्रतिवेदन पेश गरिसकेको र सोहीअनुसार बजेट लेखनको काम अघि बढ्न लागेको हो ।

खासगरी राजश्व र वैदेशिक सहयोगको आकलनका आधारमा स्रोत निर्धारण गरिने गरिएको र मन्त्रालयहरूलाई सोहीअनुसार बजेट सिलिङ पठाइसकिएको सहसचिव पाण्डेयले बताउनु भयो । उहाँकाअनुसार गत वर्षको तुलनामा यो वर्ष कम सिलिङ प्रश्ताव गरिएको छ । अर्थ मन्त्रालयका अनुसार नयाँ सरकारको प्राथमिकता, रास्वपाको वाचापत्रलाई समेत आगामी बजेटले सम्बोधन गर्नेछ ।—न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ

पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ

पोखरा। पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको...

मन्त्री आवास प्रबन्धमा समस्या

मन्त्री आवास प्रबन्धमा समस्या

काठमाडौँ। नयाँ सरकारका मन्त्रीका लागि तत्काल आवास प्रबन्धमा समस्या हुने देखिएको छ । ‘जेनजी’ समूहको नाममा गत भदौ २४ गते...

राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक

राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक

काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तापक्षको उपस्थिति नहुँदा सत्तापक्षको नेतालगायतका पदाधिकारीको हैसियत प्रदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी...

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँ। काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने र सेवा ग्राहीहरूलाई...