Breaking News

एमाले संसदीय दलको चुनावी प्रक्रियाप्रति योगेशको आपत्ति

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभयो। बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई निर्विरोध दलको नेता चयन गरेको थियो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले भर्खर सम्पन्न निर्वाचनबाट गम्भीर धक्का लागेको बेला दलको नेता छनोट प्रक्रियाले सिङ्गो पार्टी पङ्क्तिलाई चिन्तित बनाएको बताउनुभयो।

‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिङ्गो पार्टी पंक्तिलाई थप चिन्तित बनाएको छ’, उहाँले लेख्नुभएको छ।

केहि दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूका बिचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो त्यो राम्रो नभएको उनले बताउनुभएको छ।

सम्बन्धित समाचार

साफ यू-२० च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल पराजित

साफ यू-२० च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल पराजित

काठमाडौँ। मालदिभ्समा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरिएको छ। बुधबार भएको सेमिफाइनलमा नेपाली युवा टोली साविक...

बादल एमालेको संसदीय दलको नेता

बादल एमालेको संसदीय दलको नेता

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुनुभएको छ। संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर...

बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै

बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट...

पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ

पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ

पोखरा। पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको...