साफ यू-२० च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल पराजित
काठमाडौँ। मालदिभ्समा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरिएको छ।
बुधबार भएको सेमिफाइनलमा नेपाली युवा टोली साविक विजेता बंगलादेशसँग १–० गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो। पहिलो हाफमा नै १-० गोलले पछि परेको नेपालले खेलमा पुनरागमन गर्न सकेन।
समूह चरणमा अपराजित रहेर अन्तिम चारमा पुगेको नेपाली टोलीले च्याम्पियनसिपको सेमिफाइनलमा पहिलो हार बेहो¥यो। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले तथा दोस्रो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले हराएको थियो। तेस्रो खेलमा घरेलु टोली मालदिभ्ससँग बराबरी गरेको थियो।
एक समय उमेर समूहमा सशक्त प्रदर्शन गर्दै आएको नेपाली टोली पछिल्लो समय उपाधि होडबाट टाढिदै आएको छ। नेपालले सन् २०१५ र २०१७ मा उपाधि उचालेको थियो। त्यसयताका ६ सस्करण नेपाली युवा टोलीले उपाधि उचाल्न सकेको छैन।
नेपाललाई हराएसँगै साविक विजेता बंगलादेश उपाधि नजिक पुगेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
एमाले संसदीय दलको चुनावी प्रक्रियाप्रति योगेशको आपत्ति
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभयो। बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको...
बादल एमालेको संसदीय दलको नेता
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुनुभएको छ। संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर...
बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट...
पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ
पोखरा। पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको...




