रुसबाट युक्रेनमा झन्डै ७०० ड्रोन प्रहार, कम्तीमा ५ जनाको मृत्यु
रुसले युक्रेनमा मंगलबार रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त भएको बताइएको छ।
आक्रमणपछि युक्रेनको नोभा पोस्ता हुलाक कम्पनीले पश्चिमी सहर लुत्स्कको एक गोदाममा आगो लागेको र छतबाट बाक्लो धुवाँ निस्किरहेको तस्बिर सार्वजनिक गरेको छ।
क्रेमलिनले इस्टरको बिदामा अस्थायी युद्धविरामका लागि युक्रेनी प्रस्तावलाई अस्वीकार गरेको भोलिपल्ट यो आक्रमण भएको हो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमा लेखेका छन्, ‘हामीले इस्टरका लागि युद्धविराम प्रस्ताव गरेका छौँ। जवाफमा हामीले ‘साहेद’को आक्रमण पाइरहेका छौँ।’ रुसले युक्रेनमा मङ्गलबार राति ३३९ र बुधबार दिउँसो ३६० भन्दा बढी ड्रोन प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ।
मध्य चेर्कासी क्षेत्रमा रुसी ड्रोनले चार जनाको ज्यान लिएको छ भने युक्रेनको फ्रन्टलाइन खेरसोन क्षेत्रमा कारमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
यसैबिच रुसले सीमामा दबाब बढाएको छ र बुधबार पूर्वी युक्रेनका दुई गाउँहरू कब्जा गरेको र लुगान्स्क क्षेत्र पूर्ण रूपमा कब्जा गरेको दाबी गरेको छ।
रुसी सेनाले पहिले नै यो क्षेत्रमा ठुलो मात्रामा गाउँहरू कब्जा गरिसकेको छ।
जेलेन्स्कीले अग्रपङ्क्ति लडाकु मोर्चाको स्थितिलाई ‘एकदम तनावपूर्ण’ भनेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
बिहीबार बिहान इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका...
आजदेखि एसईई
काठमाडौँ। आज (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई...
साफ यू-२० च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल पराजित
काठमाडौँ। मालदिभ्समा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरिएको छ। बुधबार भएको सेमिफाइनलमा नेपाली युवा टोली साविक...
एमाले संसदीय दलको चुनावी प्रक्रियाप्रति योगेशको आपत्ति
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभयो। बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको...




