Breaking News

पेट्रोलको मूल्य हालसम्मै उच्च, कति पुग्यो?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो ।

निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य आज बिहान १२ बजेदेखि कार्यान्वयनमा आइसकेको छ । नयाँ मूल्यसूची अनुसार आजदेखि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र यसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन ।प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको जनाएको छ ।

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश विजयी

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश विजयी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त...

ट्रम्पले बर्खास्त गरे महान्यायाधीवक्ता

ट्रम्पले बर्खास्त गरे महान्यायाधीवक्ता

काठमाडौ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई बर्खास्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बोन्डीले निजीक्षेत्रमा नयाँ...

डुम्रे–बेसीसहर सडक ८ घण्टा

डुम्रे–बेसीसहर सडक ८ घण्टा

दमौली। डुम्रे–बेसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुर्दी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको...

बादलको अभिव्यक्तिमा विष्णुको आपत्ति, पार्टीमा छलफल हुने

बादलको अभिव्यक्तिमा विष्णुको आपत्ति, पार्टीमा छलफल हुने

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गरेको विचार पार्टीका स्थापित नीति र...