सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने ; सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताउनुभएको छ।
विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरुलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको भनाई थियो ।
‘कहाँ मिलाउनुपर्नेछ । कहाँ ठोकठाक पार्नुपर्नेछ । कहाँ कारबाही गर्नुपर्नेछ । हामी त्यही छामीरहेका छौँ । त्यही नियालीरहेका छौँ । त्यही हेरिरहेका छौँ । मन्त्रालयका बन्द कोठाहरुमा हामी कुनै पनि सेटिङ गरिहेका छैनौ । सेटिङ गर्नेहरुलाई कसरी कारबाहीको दायरामा ल्याउने भनेर हेरिहेका छौँ । आज जनताले चाहेको त्यही हो’ उहाँले भन्नुभयो।
शुक्रवार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६ औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकको राजनीतिक अब सङलिएको दाबी गर्दै निश्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्री तिमिल्सिनाले सरकार कामैकामको चापमा रहेको पनि स्पष्ट पार्नुभयो। ‘अहिले हामी यतिधेरै कामहरुको प्रेसरमा हामी च्यापिएका छौँ कि सार्वजनिक कार्यक्रमहरुमा जान नपरेपनि हुन्थ्यो, काम मात्रै गर्न पाएपनि हुन्थ्यो, परिणाम मात्रै दिइरहन पाएपनि हुन्थ्यो भन्ने त्यो चिन्ता, त्यो चिन्तनले पनि हामी थिचिएका छौ’ उहाँले भन्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द
इस्लामाबाद । अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घोषणा गरेको...
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्णप्रति आभार : एमाले अध्यक्ष ओली
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गर्नुभएको...
१३ दिन पछि ओली रिहा
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। उहाँलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको...
इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने
काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार जारी गरेको विज्ञप्तिअनुसार इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको टेलिफोन कुराकानीका क्रममा...




