Breaking News

खाडी युद्धले गर्दा ३८ नेपालीको शव ल्याउन विलम्ब

काठमाडौँ। परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण खाडीमा विभिन्न कारणले मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको जनाएको छ।

शुक्रवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण उडान प्रभावित हुँदा ३८ वटा शव नेपाल ल्याउन ढिलाइ भएको जानकारी गराउनुभएको हो। उहाँका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, अबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ वटा शव नेपाल ल्याउन बाँकी छ।

विभिन्न समयमा मृत्यु भएका उनीहरूको शव नेपाल ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो। उहाँले खाडी क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एकजना नेपालीको मृत्यु तथा २१ जना घाइते भएको जानकारी दिनुभयो।

उहाँले जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा रहेका नेपालीहरूको विवरण संकलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो विवरण दर्ता गराएको जानकारी दिनुभयो।

यसैगरी ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको र कुवेतमा रहेका दुई नेपालीले साउदीको भिसा प्राप्त गरिसके पनि उनीहरू आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बसेको जानकारी क्षेत्रीले दिनुभयो।

क्षेत्रीले भन्नुभयो,`अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो नाम दर्ता गराउनुभएको छ। ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको छ। उडान अवरुद्ध भएका कारण ३८ जना नेपालीको शव नेपाल ल्याउने विषयमा हामी गम्भीर छौँ। शव नेपाल ल्याउने प्रक्रिया शुरु भइसकेको छ।’

पछिल्लो समय मन्त्रालयको सम्पर्कमा आएर आफू असुरक्षित रहेको जानकारी गराउनेको संख्या क्रमशः घट्दै गएको उहाँको भनाइ छ।

सम्बन्धित समाचार

इरानले खसाल्यो अमेरिकी लडाकु विमान

इरानले खसाल्यो अमेरिकी लडाकु विमान

काठमाडौं। इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी अधिकारीले शुक्रबार समाचार संस्था रोयटर्ससँगको कुराकानीमा यसको पुष्टि गरेका...

एमालेले दियो बालेन सरकारलाई बधाई

एमालेले दियो बालेन सरकारलाई बधाई

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा चुनावमार्फत् अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजेताहरूलाई औपचारिक बधाई दिएको छ ।...

एमालेले सच्यायो बादलको अभिव्यक्ति

एमालेले सच्यायो बादलको अभिव्यक्ति

काठमाडौं। नेकपा एमालेले कार्यवाहक अध्यक्ष रामबहादुर थापाले संसदमा दिएको अभिव्यक्ति सच्याएको छ । शुक्रबार बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति...

बजेट तयार कार्यदल गठन

बजेट तयार कार्यदल गठन

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयार गर्न समिति बनाएको छ। राजस्व व्यवस्थापन महाशाखाका महाशाखा प्रमुख...