Breaking News

कांग्रेसको १५औँ महाधिवेशनको तयारी सुरु, जिल्लाजिल्लामा परिपत्र

काठमाडौँ।  नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी शुरु गरेको छ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन्।

महामन्त्री पौडेलले पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने बताउनु भयो । पार्टीले यसपटक सबै सदस्यहरूलाई ‘काँग्रेस आईडि’ प्रदान गर्ने भएको छ।

सदस्यता अद्यावधिक गरेपछि मात्र यो परिचयपत्र प्राप्त हुनेछ। महामन्त्री पौडेलकाअनुसार काँग्रेस आईडि नभएका व्यक्तिहरूले १५ औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्। नयाँ सदस्यका हकमा भने डिजिटल माध्यमबाट सदस्यता प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

सम्बन्धित समाचार

ग्यासको लाइटर बनाउने उद्योगमा आगलागी, पाँचजनाको मृत्यु

ग्यासको लाइटर बनाउने उद्योगमा आगलागी, पाँचजनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिवार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। अग्नी नियन्त्रण सेवा...

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

काठमाडौं। लमजुङको मर्स्याङ्दी गाउँपालिका-७, उस्ताबेंसीमुनि बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।...

यूएईमा भएका ७ घाइते नै खतरामुक्त, ६ डिस्चार्ज

यूएईमा भएका ७ घाइते नै खतरामुक्त, ६ डिस्चार्ज

मध्यपूर्वको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको आक्रमणमा घाइते भएका सबै नेपाली नागरिक खतरामुक्त रहेका छन्। यूएईमा...

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालनमा

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालनमा

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गर्दै छ। आयोगको गत चैत १८ गतेको...