Breaking News
२२ चैत २०८२ ७:३६
खबर सेवा · More from author
भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य
खबर सेवा
म्याग्दी। यहाँको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी हुनुहुन्छ ।
दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् । “बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ”, नरेशले भन्नुभयो, “हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।” कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आउनुभएको छ । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् ।
एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उहाँका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्नुहुन्छ । घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका(७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ ।
नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन÷तीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गर्नुभयो । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभएको छ ।
नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिनुभएको छ । केशवले गत माघमा जिल्ला भलिबल सङ्घले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जित्नुभएको थियो । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्कनुभएको हो । कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आउनुभएको छ ।
आठवटा घोडा पाल्नुभएका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पनि पुग्ने गर्नुहुन्छ । फुर्सदको समय र मेलाजात्रामा उहाँहरूको टोली भलिबल प्रतिस्पर्धा गर्न जानुहुन्छ । उहाँहरूको खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन् । मुना घर भई हाल अस्टे«लियामा रहेका इम रोकाले शनिबार रु २७ हजार मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराउनुभएको छ । अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्टे«लियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गर्नुभएको छ ।
“सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ”, सबहादुरले भन्नुभयो, “शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु ।”
(((
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश
काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका...
२२ चैत २०८२ २०:२०
ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने
काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन...
२२ चैत २०८२ १९:३६
सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल शनिबार पक्राउ...
२२ चैत २०८२ १९:१८
अब सरकारले शनिबार र आइतबार बिदा दिने
काठमाडौँ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...
२२ चैत २०८२ १५:४९




