अन्तर्राष्ट्रिय

उत्तर–पश्चिम पाकिस्तानमा प्रहरी चौकी नजिकै भएको विस्फोटमा ५ जनाको मृत्यु

पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक प्रहरी चौकी नजिकै भएको विस्फोटमा पाँच सर्वसाधारणको मृत्यु भएको छ । दुई प्रहरी कर्मचारीसहित अन्य धेरै घाइते भएका छन् । बन्नु जिल्लाको एक प्रहरी चौकीको पछाडिको पर्खालमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्किएपछि विस्फोट भएको स्थानीय प्रहरी स्रोतले बताएको छ ।

शक्तिशाली विस्फोटका कारण प्रहरी चौकीको पर्खाल भत्किएको र भवनभित्रका झ्यालका सिसा फुटेको स्रोतले जनाएको छ । विस्फोटपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो भने ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेर क्लियरेन्स अपरेसन शुरु गरेको थियो ।

स्रोतकाअनुसार विस्फोटमा नजिकैका घरहरूमा पनि क्षति पुगेको छ । जसका कारण सर्वसाधारणको हताहती भएको छ । घाइते र मृतकको शवलाई बन्नुको स्थानीय अस्पतालमा लगिएको छ ।

यस आक्रमणको तत्काल कुनैपनि समूहले जिम्मेवारी लिएको छैन, यद्यपि प्रहरीले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित लडाकुहरू यस क्षेत्रमा सक्रिय रहेको बताएको छ ।

सम्बन्धित समाचार

इरानले अमेरिकी दुई युद्ध विमान खसाल्यो

इरानले अमेरिकी दुई युद्ध विमान खसाल्यो

वाशिङ्टन । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले...

जेलेन्स्कीसँगको भेटमा एर्दोगानद्वारा युक्रेन–रुस शान्ति वार्ताका लागि पुनः प्रतिवद्धता व्यक्त

जेलेन्स्कीसँगको भेटमा एर्दोगानद्वारा युक्रेन–रुस शान्ति वार्ताका लागि पुनः प्रतिवद्धता व्यक्त

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा युक्रेन र रुसबीचको वार्तालाई टर्कीले निरन्तर समर्थन गर्ने कुरामा...

उत्तरी अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु

उत्तरी अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा आठ जनाको मृत्यु...

इरानसँगको युद्धमा ३६५ अमेरिकी सैनिक घाइते

इरानसँगको युद्धमा ३६५ अमेरिकी सैनिक घाइते

फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि हालसम्म ३ सय ६५ अमेरिकी सैनिकहरू युद्धमा...