सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ ।
अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । –––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल शनिबार पक्राउ...
खुल्यो डिजेल-पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो
काठमाडौँ। सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
काठमाडौँ। शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका हुन् ।...
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
म्याग्दी। यहाँको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई...




