एमालेकी लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै, कांग्रेसले उम्मेदवारी नदिने
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो ।
दलीय सहमतिमा भण्डारीलाई अघि बढाउने सहमति भएको कांग्रेस सांसद पदम परियारले जानकारी दिए । ‘दलहरूका सहमतिअनुसार उपाध्यक्ष एमालेलाई दिने र संसदीय समितिमा कांग्रेसले २ र अरु दलले १र१ लिने सहमति भएको बुझिएको छ । त्यसको औपचारिक जानकारी भने आएको छैन,’ परियारले भन्नुभयो ।
राष्ट्रियसभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रियसभा अध्यक्षसहित) हुनुहुन्छ । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने
काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन...
सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल शनिबार पक्राउ...
अब सरकारले शनिबार र आइतबार बिदा दिने
काठमाडौँ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...
इरानले अमेरिकी दुई युद्ध विमान खसाल्यो
वाशिङ्टन । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले...




