यी हुन् २०८२ मा उत्कृष्ट व्यापार गर्ने १० फिल्म
काठमाडौं। २०८२ सालमा नेपाली फिल्मको कुल कमाइ एक अर्ब नाघेको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक बक्सअफिस रिपोर्टअनुसार यस वर्ष नेपाली फिल्मको कूल कमाइ एक अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ पुगेको छ। गत वैशाख १ गतेदेखि चैत १८ प्रदर्शनमा आएका फिल्मको सूची बोर्डले निकालेको हो। जुन सूचीअनुसार यस वर्ष कुल कुल ५६ वटा नेपाली फिल्म रिलिज भएका छन्।
योसँगै लगातार दोस्रो वर्ष नेपाली फिल्मको ब्यापार एक अर्बभन्दा माथि पुगेको हो। २०८१ सालमा प्रदर्शनमा आएका ५९ वटा नेपाली फिल्मको कुल कमाइ एक अर्ब ८० करोड थियो।
त्यसैगरि, नीर शाहको मुख्य भूमिका रहेको ‘परान’ यस वर्ष धेरै कमाउने फिल्म बनेको छ। बोर्डको तथ्यांकअनुसार यस फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ। यस फिल्मका ६ लाख ३० हजार ६९१ वटा टिकट बिकेका छन्।
त्यसैगरि, यस वर्ष धेरै कमाउने फिल्मको दोस्रो स्थानमा पल शाह अभिनीत ‘आ बाट आमा’ परेको छ। यस फिल्मले हालसम्म १३ करोड १३ लाख ७८ हजार ५२० व्यापार गरेको छ।
तेस्रोमा अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ छ। चौथोमा विपिन कार्की र मिरुना मगर अभिनीत ‘ऊनको स्विटर’ छ। त्यसपछि ‘बलिदान’, ‘मोहर’, ‘हरिबहादुरको जुत्ता’, ‘माग्ने राजा’ र ‘माइतीघर’ छन्।
त्यसैगरि, घरेलु बक्सअफिसमा यस वर्ष कुल टिकट विक्री ३७ लाख ८१ हजार ५४४ पुगेको छ। यसअनुसार ३७ लाखभन्दा धेरै दर्शकले यसवर्ष नेपाली फिल्म हेरेका छन्।
धेरै कमाउने फिल्म:
१) परान: १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ
२) आ बाट आमा: १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ
३) जेरी अन टप: १२ करोड २८ लाख ८४ हजार रुपैयाँ
४) उनको स्विटर: ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ
५) जारी-२: ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ
६) बलिदान: ५ करोड १० लाख ५१ हजार १७२ रुपैयाँ
७) मोहर: ५ करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ
८) हरिबहादुरको जुत्ता: ४ करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ
९) माग्ने राजा: ४ करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ
१०) माइतीघर: ४ करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...
मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...
इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला
काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...
प्रहरीले गोली हानेर समात्यो लागुऔषध तस्करीका ३ जना आरोपी, एक घाइते
रुपन्देही। रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...




