Breaking News

कार्यक्षेत्रमा नगए कारबाही हुन्छ : सामान्य प्रशासन मन्त्रालय

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरू कार्यक्षेत्रमा उपस्थित नभए प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सरुवा वा पदस्थापना भएका ठाउँमा हाजिर नहुने र कार्यक्षेत्र छाड्ने कर्मचारीका कारण स्थानीय तहको सेवा प्रवाह नै ठप्प हुन थालेपछि यस्तो कदम चालेको हो।

मन्त्रालयले स्थानीय प्रशासन ऐन, २०७४ को दफा ८४ (४) को व्यवस्थालाई स्मरण गराउँदै खटाइएका कर्मचारीहरूलाई तत्काल सम्बन्धित स्थानीय तहमा हाजिर हुन र नियमित कामकाज गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले स्थानीय सरकारको दैनिक कार्यसम्पादन, बजेट कार्यान्वयन र नागरिकका अत्यावश्यक सेवा प्रभावित भएको गुनासो बढेपछि मन्त्रालय कठोर बनेको हो।

‘निर्णयबमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रभावित भएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ मन्त्रालयद्वारा सोमबार एक सूचना जारी गर्दे भनेको छ।

पछिल्लो समय सुगम क्षेत्र वा आकर्षक कार्यालय रोज्ने प्रवृत्तिका कारण दुर्गमका स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दै आएका छन्। मन्त्रालयले सबै सम्बन्धित निकाय र कर्मचारीलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गर्दै अटेर गर्नेहरूको विवरण संकलन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाउने संकेत गरेको छ।

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...

प्रहरीले गोली हानेर समात्यो लागुऔषध तस्करीका ३ जना आरोपी, एक घाइते

प्रहरीले गोली हानेर समात्यो लागुऔषध तस्करीका ३ जना आरोपी, एक घाइते

रुपन्देही। रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...