प्रहरीले गोली हानेर समात्यो लागुऔषध तस्करीका ३ जना आरोपी, एक घाइते
रुपन्देही। रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरियाका विशाल यादव, भारतको महाराजन्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, रोहिणी गाउँपालिका ४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए ।
लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीलाई ढुंगासमेत प्रहार गरेका छन्। ढुंगा लागेर प्रहरी घाईते भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो।
उनका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल फेला परेको छ। बाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...
मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...
इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला
काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...
सप्तकोसी नदी किनारमा कोसी पर्यटन महोत्सव गरिने
वराहक्षेत्र । कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी...




