राजनीति

सरकारले कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधारमा विदेशी ऋण लिँदैछ ?: राप्रपा

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारले एशियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिन सरकारले गरेको निर्णयको विरोध गर्नुभएको हो । कुन संसदीय समिति, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो निर्णय गरियो? उहाँको प्रश्न छ । उहाँले संसदीय समिति र उपसमिति गठन हुन बाँकी रहेको भन्दै यस्तो अवस्थामा सरकारले गर्ने निर्णय अपारदर्शी हुने शंका गर्नुभयो । उहाँले उक्त ऋण सरकारले माग गरेको हो कि प्रश्ताव गरिएको हो? भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टको लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनको लागि ९५ डलर अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको छ । हामी सरकारसमक्ष सोध्न चाहान्छौँ कुन संसदीय समिति, कुन नीतिगत बहस, कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो प्रकारको निर्णय लिइयो । हाम्रो संसद अझै शिशु अवस्थामा छ । संसदीय समिति र उपसमितिहरु बनेका छैनन् । यस्तो अवस्थामा सरकारले गर्ने यस्तो निर्णय पारदर्शी नहुन सक्ने सम्भावना छ । उक्त ऋण हामीले माग गरेका थियौँ ? वा हामीलाई उक्त ऋणको प्रश्ताव आएको थियो । किन यो प्रोजेक्ट नै छनौट गरियो?’

संसदीय बजेट अनुरोधको लागि सांसदहरुले धाउनुनपर्नेगरी अनलाइन पोर्टल सञ्चालन गर्न समेत उहाँले माग गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला...

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण मुद्दा खारेज, अर्को म्याद नथप्न आदेश

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण मुद्दा खारेज, अर्को म्याद नथप्न आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको...

राष्ट्रिय सभाको उपाध्यक्षमा लीलाकुमारी निर्विरोध

राष्ट्रिय सभाको उपाध्यक्षमा लीलाकुमारी निर्विरोध

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण...

बढ्यो नेप्से

बढ्यो नेप्से

काठमाडौँ। सेयर कारोबार मापक नेप्से परिसूचक ८३.३३ अंकले वृद्धि भएको छ । आइतबार १०५ अं‌कले घटेको नेप्से सोमबार ३.११...